काठमाडौं : काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले मापदण्ड विपरितका ६ सय २० लिटर सेनिटाइजर र ८ वटा अक्सिमिटर बरामद गरेको छ । सेनिटाइजर र अक्सिमिटर कारोबारमा संलग्न एकजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए । पक्राउ पर्नेमा सिरहाको लहान घर भए हाल क्षेत्रपाटीमा बीबीआर इन्टरप्राइजेज सञ्चालन गरी बस्ने भगवान राय राजपुत रहेका छन्। कोरोना महामारी तिब्र बढेको बेला अक्सिमिटर अक्सिजनको लेबल नाप्न प्रयोग गरिन्छ । उनले ७०० मूल्य पर्ने अक्सिमिटरलाई ३ हजारमा बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।