Friday, December 6, 2024
spot_img

ट्रेन्डिङ :

आफ्नै पार्टी एमाले कै विरुद्ध उठेका देवकोटाद्धारा माओवादीको चुनाव चिन्ह अस्वीकार

spot_img
spot_img

काठमाडौं : राष्ट्रियसभाको उपनिर्वाचनमा कांग्रेस–माआवादी केन्द्र र नेता माधवकुमार नेपालका संयुक्त उम्मेदवार डा. खिमलाल देवकोटाले गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्ह अस्वीकार गरेका छन्। शुक्रबार मनोनयन दर्ता गर्दै उनले निर्वाचन आयोगसँग चुनाव चिन्ह कलम दिनका लागि आग्रह गरेका छन्। आफू स्वतन्त्र उम्मेदवार रहेको भन्दै उक्त चुनाव चिन्ह माग गरेका हुन्। यसअघि संयुक्त उम्मेदवारमा सहमति गर्ने क्रममा नेता नेपालले देवकोटा गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्ह लिन तयार रहेको बताएका थिए। माओवादीका नेताहरुसँगै मनोनयन दर्ताका लागि पुगेका देवकोटाले कलम चुनाव चिन्ह माग गरेको निर्वाचन आयोगका अधिकारीले बताएका छन्। यता, सूर्य चुनाव चिन्हबाट एमालेका आधिकारिक उम्मेदवारका रुपमा गृहमन्त्री रामबहादुर थापा बादलले मनोनयन दर्ता गर्नेछन्।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?