Sunday, March 16, 2025

ट्रेन्डिङ :

चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगको अनुमति

spot_img
spot_img

काठमाडौं : चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आपतकालीन प्रयोगमा ल्याउन अनुमति दिएको छ । डब्ल्यूएचओले अनुमति दिएको गैरपश्चिमी देशको यो पहिलो कोरोनाविरुद्धको खोप रहेको छ । डब्ल्यूएचओले यसअघि फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्ना खोपलाई अनुमति दिइसकेको छ । डब्ल्यूएचओले शुक्रबार सिनोफार्मको खोपलाई अनुमति दिँदै १८ यसको दुई डोज दिनुपर्ने र यो १८ वर्षभन्दा माथिका व्यक्तिहरुले मात्र प्रयोग गर्नुपर्ने जनाएको बीबीसीले जनाएको छ । सिनोफार्मको खोप चीनले यसअघि नै विश्वका धेरै नागरिकलाई उपलब्ध गराइसकेको छ । अफ्रिका, ल्याटिन अमेरिका र एशियाका धेरै देशहरुले चिनियाँ सिनोफार्मको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएका छन् । बीबीसीका अनुसार डब्ल्यूएचओले आगामी दिनमा एक अर्को चिनियाँ कम्पनी सिनोभ्याकको खोपमा निर्णय लिने सम्भावना रहेको छ । यस्तै रुसी खोप स्पुतनिक भी को मूल्यांकन पनि डब्ल्यूएचओले गर्दै आएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?