
विराटनगर : मोरङको विराटनगर महानगरपालिका मुसहर टोलबाट सशस्त्र प्रहरीले दुईजनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका–४ घर भएका २४ वर्षीय असिम बस्नेत र ३२ वर्षीय पोष्ट कुमार विक रहेका छन् । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट दरैयाबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ३० एम्पुल डाईजोल्याप, ३० एम्पुल लुपिजेसिक, सोही परिमाणमा फेनारगन र एभिल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । डाईलेक्स डिसी १ बोतल र नाइट्रोजन ट्याब्लेट १० वटा पनि उनीहरुको साथमा फेला परेको छ ।