१६ आश्विन २०८०, मंगलवार
 |   Tue Oct 3 2023
Logo

कांग्रेसले गर्यो संवैधानिक परिषद्को बैठक बहिस्कार



काठमाडौं । नेपाली काँग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गर्ने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारले संविधानको मुल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश ल्याएको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने घोषणा गरेका हुन् ।

विज्ञप्तिमाा भनिएको छ, ‘नेपाली कांग्रेस संविधानको मुल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाइ नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ । संवैधानिक परिषद् सम्वन्धि ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित, संसदीय मुल्य, मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आव्हान गर्दछु ।’


प्रतिक्रिया दिनुहोस !