
काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैशाख २६ गतेका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक विधि र नीति विपरित भएकोले रोक्न प्रधानमन्त्रीलाई आग्रह गर्नु भएको छ । साथै यदी उक्त बैठक नरोकिएमा सो बैठकमा भाग नलिन अरु सदस्यहरुमा आग्रह गर्न चाहन्छु भनि आफ्नो सामाजिक संजाल मार्फत सार्वजनिक गर्नु भएको छ ।
अन्त्यमा बैठक भएमा त्यो बैठकको निर्णयवाट हुने नियुक्ति स्वीकार नगर्न समेत सबैमा आग्रह गर्दछु भनि पनि उल्लेख गर्नु भएको छ।