Friday, December 6, 2024
spot_img

ट्रेन्डिङ :

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप दुई साता बढाउने तयारी

spot_img
spot_img

काठमाडौं । काठमाडौंमा वैशाख २९ गतेसम्म जारी निषेधाज्ञा थप दुई साता बढाउने तयारी चलेको छ । कोरोना संक्रमणको अवस्था नियन्त्रणमा आइ नसकेकाले निषेधाज्ञा लम्बिन सक्ने सम्भावना बढेको हो । अहिले सबै कुरा नियन्त्रणमा आइनसकेको र थप डेढ÷दुई साता निषेधाज्ञालाई अझ व्यवस्थित बनाउनुपर्ने उपत्यकाका जिल्ला प्रशासनहरुको मनस्थिति रहेको छ । संक्रमण र मृत्युको दर बढ्दै गएकाले अस्पतालले थेग्न नसक्ने जिल्ला प्रशासनहरुको चिन्ता छ । पहिलो चरणको निषेधाज्ञा २२ गते राति १२ बजे सकिएको थियो भने दोस्रो चरणको निषेधाज्ञा २९ गते राति सकिँदै छ । यस्तोमा सुरुमा १४ दिन नथपेर सात दिन थप्ने सम्भावना बढी छ । अहिले पसल बिहान ९ बजेसम्म मात्रै खोल्न दिइएको छ । बेलुका पूर्ण रुपमा बन्द छन् । नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाइ गरिएको छ ।

 

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?