१५ आश्विन २०७९, शनिबार
 |   Sat Oct 1 2022
Logo

लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ



कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ बाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३३ वर्षीय प्रेमदत्त भट्ट र बेतकोट नगरपालिका घर भएका ३२ वर्षीय केशव खत्री छन् । म।२ प। ७१०० नम्बरको स्कुटर सवार उनीहरुको साथबाट १४ ग्राम ६९ मिलिग्राम अवैध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आरोपीबारे इलाका प्रहरी कार्यालय दोधाराले अनुसन्धान गरिरहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: