१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

१७ लाख ५० हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ



बर्दिया । जिल्लाको राजापुर नगरपालिका ४ स्थित सतिघाट पुलबाट एपीएफ टोलीले आज १७ लाख ५० हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली जिल्लाको टिकापुर नगरपालिका १ बस्ने २९ वर्षिय गोपाल चौधरी छन् । सु.प.प्र.०१–००८ प ४१४५ नम्बरको मोटरसाईकलमा सवार निज चौधरीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट राजापुरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उल्लेखि भारतीय रुपैयाँको श्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला निज चौधरीले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय