८ आश्विन २०७९, शनिबार
 |   Sat Sep 24 2022
Logo

लोकसेवा आयोगको परीक्षा समयमा नहुँदा तयारीमा जुटेका युवाहरु निराश



काठमाडौं । कोरोना भाइरस महामारीको कारण लोकसेवा आयोगले लिने परीक्षा समयमा नहुँदा परीक्षाको तयारीमा जुटेका युवाहरु निराश हुन थालेका छन् । गत वर्षको नयाँ दरखास्त आह्वान अनुसारको निजामती तर्फ खरिदार बाहेकका पदका लागि परीक्षा आयोगले लिन सकेको छैन । कोरोना महामारीको कारण आयोगले नियमित परीक्षाहरु समयमा लिन नसकेको लोकसेवा आोगको तर्क छ । आयोगले गत वर्ष कोरोना संक्रमणको दर कम हुँदै गएपछि खरिदार, प्रहरी तर्फको र केही सांगठनिक संस्थाहरु धितोपत्र, दुग्ध विकास संस्थान लगायत केहीको मात्रै परीक्षा लिएको थियो । निजामती तर्फ पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष उमेर हद तोकिएको छ ।

मेकानिकल इन्जिनियरिंगको वि. स. ७६ सालमा विद्युत प्राधिकरणको प्राविधिक तर्फ पाँचौं र सातौं तहको परीक्षाको अहिलेसम्म नतिजा नआएको परिक्षार्थीहरुको गुनासो छ । दिएको परीक्षाको नतिजा दुई वर्ष भएपनि अहिले सम्म लोकसेवा आयोगले नतिजा सार्वजनिक गरेको छैन । अन्तिम पटक परीक्षाको तयारी गरिरहेकाहरु र बढुवाको लाइनमा भएका कर्मचारीहरुले अवसर गुमाउने अवस्था रहेपनि थप अवसर दिनेबारेमा अहिलेसम्म छलफल नभएको लोकसेवा आयोगका सूचना अधिकारी सुवेदी बताउँछन् ।

उनको भनाइ अनुसार बढुवाको लाइनमा भएका धेरै कर्मचारीहरु बढुवा हुन नपाई अवकासमा निस्कनुपर्ने अवस्था छ । उनी भन्छन् ‘समयमा परीक्षा नहुँदा अन्तिम पटक तयारी गरिरहनुभएकाहरु र बढुवाको लाइनमा हुनुभएका कर्मचारीहरु अन्यायमा पर्नुभएको छ । तर उहाँहरुको लागि थप अवसर दिने विषयमा लोकसेवाको तयारी केही पनि छैन ।’


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: