काठमाडौं- दुई तिहाइको सरकार, त्यति बलियो सरकार हुदा हुदै आफ्नै दम्भले गर्दा आज अविस्वासको मत माग्नु पर्ने स्थिति आफ्नै कारणले आएको भनि नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाले आरोप लगाउनु भएको छ ।
साथै उहाले कोरोना संक्रमणका कारण मृत्यु भएका हरुलाई श्रदान्जली व्यक्त गर्दै र संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्दै अहिले यो संक्रामक रोग सर्नुको मुख्य जिम्मेवार वर्तमान सरकार नै रहेको आरोप लगाउनु भएको छ ।
जनताको जीवन रक्षा गर्नु पर्ने खोपमानै भ्रस्टाचारमा चुर्लिम्म डुबेको यो सरकार आफै उदांग्गो भएको छ भनि पनि आरोप लगाउनु भएको छ ।