काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली अहिले मधेशीलाई फकाउन लागेका ओली मधेश र मधेशी जनता विरोधी भएको बताएका छन् । अहिले अलिअलि मधेशीलाई फकाउन खोज्दै हुनुहुन्छ’, यादवले आफ्नै पार्टी जसपाका महन्थ ठाकुर–राजेन्द्र महतोप्रति संकेत गर्दै भने । यादवले अगाडि भने, ‘यहाँ नै हो नि समतल भूमि देख्नासाथ मधेश भन्नु हुन्थ्यो । यूपी विहारतिर मधेश छ भन्नुहुन्थ्यो । यूपी विहारै फेरि देखिरहनुभएको छ कि
यादवले मधेश नेपालको अभिन्न अंग भएको र यूपी विहार नेपाल नभएको बताए । मधेश आन्दोलनबारे पनि ओली अनुदार रहेको विगत यादवले सम्झिए । अर्को कुरा मधेश आन्दोलन हुँदाखेरी सबभन्दा बढी तुलनात्मक रुपले मानिसहरु मारिएका छन् । गोली लागेका छन् । जुन बेला उहाँ केपी ओली प्रधानमन्त्री भएको बेलामा । ओली प्रधानमन्त्री भएकै बेला मधेश आन्दोलनमा धेरै माथि मुद्दा लगाइएको यादवको भनाइ थियो । ‘त्यतिबेलै सवैभन्दा बढी मुद्दा लागेका छन् । त्यतिबेलै लागेको मुद्दामा सांसदहरु जेलनेल भोगिरहेका छन्’, उनले भने । मधेश आन्दोलन चलिरहेका बेला ओलीले दिएको अभिव्यक्ति पनि यादवले सम्झिएका थिए । ‘त्यो बेला उहाँको अभिव्यक्ति के थियो दुई चार वटा आँप झरेको हो । अहिले त्यही आँप खुवाउनु हुन्छ मधेशीहरुलाई यादवले प्रश्न गरे ।