८ आश्विन २०७९, शनिबार
 |   Sat Sep 24 2022
Logo

बाँकेमा ११०७ नमुना परीक्षण गर्दा ८४३ जनामा कोरोना संक्रमण पुष्टि



बाँके । बाँकेमा पछिल्लो २४ घण्टामा ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको ११०७ नमुना परीक्षण गर्दा ८४३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये बाँकेका मात्रै २५० जना महिला र ३२१ जना पुरुष गरी ५७१ जना छन् । बाहिरी जिल्लाका १२० जना महिला र १५२ जना पुरुष गरी २७२ जना संक्रमित भएका छन् ।

भेरी अस्पतालको ल्याबमा ४२२ नमुना परीक्षण गर्दा ३५३, मेडिकल कलेज कोहलपुर ल्याबमा ४३१ नमुना परीक्षण गर्दा ३३० र बागेश्वरी ल्याबमा २५४ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: