१५ आश्विन २०८०, सोमबार
 |   Mon Oct 2 2023
Logo

प्रधानमन्त्री नियुक्तिको प्रक्रिया शुरु गर्न राष्ट्रपति भण्डारीलाई ३ दलको आह्वान



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले नयाँ सरकार गठन गर्न राष्ट्रपपितलाई आह्वान गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिलाई आह्वान गरेका हुन् । “सम्माननीय प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष राख्नु भएको प्रस्ताव संविधानको धारा १०० को उपधारा (३) बमोजिम प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेकोले सम्माननीय केपी शर्मा ओली नेपालको संविधान बमोजिम प्रधानमन्त्री पदबाट मुक्त हुनु भएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न सम्माननीय राष्ट्रपतिज्यूलाई आह्वान गर्छौं,” पत्रमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय