१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

स्वास्थ्य सङ्कटकाल वा लकडाउन आवश्यक छ : मन्त्री त्रिपाठी



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि नयाँ कदम आवश्यक रहेको बताएका छन् । मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले कोभिड-१९ को रोकथाममा अहिलेको चालिएको कदम पर्याप्त नहुने भएकाले स्वास्थ्य संकटकाल वा लकडाउन आवश्यक रहेको बताए ।

उनले भने,‘सो सम्बन्धमा सामूहिक निर्णय आवश्यक हुन्छ ।’ उनले अहिलेको अवस्थामा दोस्रो लहरको संक्रमण यही गतिमा बढे सरकारसंँग भएका सघन उपचार कक्ष, हाइ डिपेन्डेन्सी युनिट र भेन्टिलेटरले थेग्न नसक्ने चेतावनी दिए । उनले महामारी क्रमशः उकालो लागिरहेकाले सबैलाई सचेत रहन आग्रह गर्दै मुलुकमा अहिले अक्सिजन ग्यासको अभाव रहेकाले कालाबजारी नगर्न अनुरोध गरे ।

मन्त्री त्रिपाठीले कोभिड-१९ विरुद्धको खोपका सम्बन्धमा नबुझी जथाभावी नबोल्न आग्रह गरे । ‘खोप खरीदमा सरकारले कसैलाई पनि कमिशन दिएको छैन,’ उनले भने, ‘सरकारले प्रत्यक्ष खोप उत्पादक कम्पनीसंँग चार डलरमा खरीद गरेको हो ।

’ उनले ‘कोभिशिल्ड’ खोप उत्पादन कम्पनी सिरम इन्सिच्युट अफ इण्डियामा आगलागी र भारतमा संक्रमण फैलिएकाले नेपालले खरीद गरेको १० लाख मात्रा खोप नआएको स्पष्ट गरे । भारतमा पनि संक्रमण बढेर निर्यात गर्न दिइएको छैन,’ उनले भने, ‘भारतले निर्यातका लागि अनुमति दिएपछि नेपालमा खरीद गरिएको १० लाख मात्रा खोप आउँछ ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय