Thursday, December 5, 2024
spot_img

ट्रेन्डिङ :

हामीसँग बदला लिन फेरि संसद् विघटन गर्न खोजिँदैछ, हामी ओलीसामू आत्मसमर्पण गर्दैनौं : घनश्याम भुसाल

spot_img
spot_img

नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली फेरि प्रतिनिधि सभा विघटन गर्न लागिपरेको आरोप लगाएका छन्।

प्रधानमन्त्री ओलीको नाम नलिईकन सांसद भुसालले गत पुसमा विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापना गरिँदासम्म दोस्रोपटक असफल भएको शक्तिले आफूहरूसँग बदला लिन फेरि प्रतिनिधि सभा विघटन गराउन खोजिरहेको दाबी गरेका हुन्।

पूर्वमन्त्रीसमेत रहेका नेता भुसालले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोस्रोपटक पनि असफल भएका शक्तिहरूले चुनावको नाममा फेरि प्रतिनिधि सभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन।’

 

उनले हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको दोष ढाकछोप गर्नेले आज झलनाथ खनाल र माधव नेपाललाई गाली गरेर एमालेलाई विभाजन गर्न खोजिरहेको आरोप पनि लगाएका छन्।

भनेका छन्, ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो। आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ।’

तर आफूहरू आफ्नो अडानमा टसमस नहुने संकेत उनले गरेका छन्।

‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ,’ उनले भनेका छन्, ‘तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ।’
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?