Friday, October 11, 2024

ट्रेन्डिङ :

सरकार बनाउने बिषयमा छलफल गर्न जसपाको बैठक

काठमाडौं : सत्ता समीकरणका लागि पक्ष–विपक्षमा विभाजित भएको जनता समाजवादी पार्टी नेपालको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली इतरको सरकार गठनका लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई लागेका छन् भने जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुर तटस्थ बसेर ओलीलाई सघाइरहेका छन् । पार्टी पदाधिकारीको बैठक बोलाउन प्रयास गरिरहेका अध्यक्ष भट्टराईले सुरुमा अध्यक्ष ठाकुरसँग आफैले छलफल गर्ने भएका छन् । दुईजना बीचको छलफल सकिएपछि पदाधिकारीको बैठक बस्ने बताइएको छ ।

तर अध्यक्ष भट्टराईले बुधबार सामाजिक सञ्जालमार्फत सर्वदलीय सरकार गठनको सुझाव अघि सारेका छन् । वर्तमान तथा पूर्वप्रधानमन्त्री बाहेकका नेतृत्वमा सरकार गठन गर्न सुझाव दिएका उनले पार्टीका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री सम्मिलित एउटा निर्देशक समिति बनाउने र एक वर्षभित्र चुनाव गराउन प्रस्ताव गरेका छन् । जसपा नेपालका ३२ जना सांसदमध्ये ओलीको पक्ष र विपक्षमा १६–१६ जना सांसद छन् । माओवादी केन्द्र, काँग्रेस र जसपा गठबन्धनको सरकार बनाउन थप १२ सांसदको समर्थन आवश्यक छ । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले तीन दलीय गठबन्धनलाई नसघाएसम्म नयाँ सरकार बनाउने सम्भावना कम देखिन्छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?