१६ आश्विन २०८०, मंगलवार
 |   Tue Oct 3 2023
Logo

तेब्बर भाडा लिई यात्रुलाई ठगी गर्ने २ जना पक्राउ



काठमाडौं । उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिरका जिल्ला जाने यात्रुहरुसँग बढी भाडा लिई यात्रुलाई ठगी गर्ने पक्राउ परेका छन् । ट्राफिक महाशाखाका अनुसार, यसरी पक्राउ पर्नेमा सप्तकोशी काउण्टर कलंकीमा काम गर्ने बाराका ४१ वर्षीय हृदय नारायण साह र ३५ वर्षीय कृष्ण चौधरी रहेका छन् । साहले ना ६ ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तीन गुणासम्म बढी भाडा लिएका थिए । त्यस्तै गंगबुबाट बर्दियाका ३५ वर्षीय कृष्ण चौधरीलाई समेत ट्राफिक प्रहरीले पक्राउ गरी प्रहरी बृत्त बालाजुमा बुझाएको जानकारी दिइएको छ ।

पक्राउ परेका चौधरीले बर्दिया जाने यात्रुहरुसँग प्रति ब्यक्ति २५ सयदेखि तीन हजारसम्म लिने गरेका थिए । उनले ना ७ ख ४९२० नम्बरको बस मार्फत बर्दिया जाने यात्रुसँग बढी भाडा लिएको पाइए पछि पक्राउ गरेको महाशाखाले जनाएको छ । दैनिकजसो बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरुलाई निग्रानी गरि हालसम्म महाशाखाले अठ्ठाइस जनालाई पक्राउ गरि कारबाहीको दायरामा ल्याएको महाशाखाले जनाएको छ । काठमाडौंबाट यात्रु ओसारपसार गर्ने यातायात व्यवसायीहरुको बिषयमा सुप्रीम खबरले समाचार ब्रेक गरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !