Monday, November 4, 2024

ट्रेन्डिङ :

चिनियाँ खोपको दोस्रो डोज लगाउने तालिका सार्वजनिक

spot_img
spot_img

काठमाडौं : चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने तालिका सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौँले आगामी २ जेठ देखि ११ जेठसम्म दोस्रो डोज खोप लगाउने गरी तालिका सार्वजनिक गरेको हो । यसअघि उक्त खोपको पहिलो डोज गत चैत २५ देखि बैशाख १५ सम्म लगाइएको थियो । पहिलो डोज लगाएकाहरूले पहिला कुन दिन लगाएका थिए, सोहीअनुसार दिइएको तालिका अनुसार दोस्रो डोज लगाउन पाउने जनाइएको छ । खोप लगाउन नजिकको खोपकेन्द्रमा जानुपर्नेछ । कार्यालयका अनुसार खोप बिहान १० देखि अपरान्ह ४ बजेसम्म लगाइनेछ । तर सो क्रममा पूर्ण स्वास्थ्य सावधानी अपनाउनुपर्नेछ ।

कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले आफूलाई पायकपर्ने खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गर्नुभएको छ । गत चैत २५ देखि २८ गतेसम्म लगाएकाले जेठ २, चैत २९ र ३० गते लगाएकाले जेठ ३, चैत ३१ र वैशाख २ गते लगाएकाले जेठ ४, वैशाख ३ र ४ गते लगाएकाले जेठ ५ तथा वैशाख ५ र ६ गते लगाएकाले जेठ ६ गते दोस्रो मात्राको खोप लगाउन भनिएको छ । यस्तै वैशाख ७ देखि १० गतेसम्म लगाएकाले जेठ ७, वैशाख ११ र १२ गते लगाएकाले जेठ ८, वैशाख १३ गते लगाएकाले जेठ ९, वैशाख १४ गते लगाएकाले जेठ १० र वैशाख १५ गते लगाएकालाई जेठ ११ गते खोप लगाउन अनुरोध गरिएको छ । ‘भेरोसेल’ खोपको पहिलो मात्रा गत चैत २५ देखि वैशाख १५ गतेसम्म लगाइएको थियो ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?