काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र भारतीय दुतावासमा पुगेका छन् । आफूपक्षीय सांसदहरूलाई भक्तपुरस्थित डोलेश्वर रिसोर्टमा राखेर दुवै नेता लैनचौरस्थित भारतीय दूतावास पुगेका हुन् ।
सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिँनै लाग्दा दुई नेताको दूतावास प्रवेश गर्नुर्ला अर्थपूर्ण रुपमा हेरिएको छ । स्रोतका अनुसार रिसोर्टमा महन्थ–राजेन्द्र पक्षीय १३ सांसद रहेका छन् । तर ठाकुर पक्षले १९ सांसद रहेको दावी गरिरहेको छ ।