Sunday, April 27, 2025

ट्रेन्डिङ :

आज दिउँसो तेस्रो कार्यकालको सपथ लिँदै प्रधानमन्त्री ओली

spot_img
spot_img

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिने भएका छन् । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उहाँलाई बिहीबार उक्त पदमा पुनः नियुक्त गरेकी हुन् ।(तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीले दिउँसो २ : ३० बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आजै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार हुने जनाइएको छ ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरेकी थिाईन् । उक्त अवधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलले बहुमत सदस्यको दाबी पेश गर्ने कोसिस गरे पनि ती दल असफल भएका थिए । उक्त अवधि सकिएपछि संविधानको धारा ७६ को (३) बमोजिम ठूलो दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?