१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

महन्थ ठाकुर पक्षका नेताहरुमाथि अनुशासन कारबाही गर्ने यादव समूहको तयारी



काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुमाथि अनुशासन कारवाही गर्ने तयारी गरेको छ । यादव पक्षको शनिवार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा ठाकुर पक्षका नेताहरुमाथि अनुशासन कारवाही गर्नेबारे छलफल भएको हो । ठाकुर पक्षले पार्टीको विधान विपरीत संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको प्रचार गरिनु अनैतिक कदम भएको बैठकले ठहर गरेको छ ।

बैठकपछि यादव पक्षका सांसद रामबाबु यादवले संसदीय दलको विधान नै नबनेको अवस्थामा दलको नेता चयन गर्नेहरु कारवाहीको भागीदार हुने बताए । संसदीय दलको बैठक बसेर निर्वाचन समिति बनाइ विधान पास गरेर प्रक्रियागत हिसाबले मात्रै दलको नेता छानिने बताउदै यादवले सांसदहरुलाई थाहै नदिई कोही संसदीय दलको नेता हुन नसक्ने जिकिर गरे । पार्टी हित र विधान विपरीत ठाकुर पक्ष अगाडि बढेको आरोप लगाउँदै गल्ती नसुधारे पार्टीबाट कारवाही गरिने यादवले बताए । यसअघि ठाकुर पक्षले शनिवार पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक नबोलाइएको दाबी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय