१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

सहायक सीडीओकै मिलेमतोमा सरकारी अस्पतालको अक्सिजन निजीमा पुगेको आरोप



जनकपुरधाम – प्रदेश नम्बर २ को राजधानीको प्रादेशिक अस्पताल जनकपुरधामलाई पठाइएको अक्सिजन सिलिन्डर निजी अस्पतालमा पुग्ने गरेको पाइएको छ । यहाँ निजी अस्पतालहरू र प्रादेशिक अस्पतालमा ढल्केबर ग्याँस उद्योग प्रालीले अक्सिजन आपूर्ति गर्दै आएको छ । ‘ढल्केबर ग्याँस उद्योगले आज प्रादेशिक अस्पतालको नाममा बिल काटेर ४५ सिलिण्डर अक्सिजन पठाएको थियो’, प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. प्रमोद यादवले भने, ‘तर, त्यो सबै अक्सिजन सिलिण्डर निजी अस्पतालमा पुग्यो ।’

मेसु यादवले अक्सिजन सिलिण्डर कुन अस्पतालमा पुग्यो भन्ने कुरा खुलाउन चाहेनन् । तर, यसरी प्रादेशिक अस्पतालका लागि पठाइएको अक्सिजन जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा अक्सिजन सिलिण्डर पुगेको स्रोतले बताएको छ । उक्त निजी अस्पतालका संचालक पूर्व स्वास्थ्य राज्यमन्त्री तथा जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव हुन् । महामारीको यो संकटमा यादवले शक्ति र पहुँचको आडमा मनोमानी गरिरहेको टिप्पणी हुन थालेको छ ।

मेसु डा. यादवका अनुसार पहिले यस्तो लापरबाही नभएको तर विगत तीन दिनदेखि यहाँ आउने अक्सिजन सिलिण्डर निजी अस्पतालमा पुग्न थालेको छ । ‘प्रहरीको एसपी, डिएसपी र सिडीओलाई पनि जानकारी गराइसकेँ’ मेसु डा. यादव भन्छन्, ‘तर, कसैले वास्ता गरेका छैनन् ।’ ‘यहांँ नि:शुल्क उपचार हुन्छ’, उनले भने, ‘अन्य अस्पतालमा उपचार सम्भव नभएका सिरियस बिरामी मात्र यहाँ आउँछन् । तर, अक्सिजन नै छैन । कसरी उपचार गर्ने ?’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय