Friday, December 6, 2024
spot_img

ट्रेन्डिङ :

कोरोनाको उपचारमा भारतको चमत्कार, आज खाने औषधिको शूभारम्भ गरिँदै

spot_img
spot_img

काठमाडौं : कोरोना संक्रमणविरुद्ध भारतले बनाएको खाने औषधि २ डीजी आज लन्च (शुभारम्भ) गरिने भएको छ । सोमबार बिहान साढे १० बजे भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनले उक्त औषधि शुभारम्भ गर्न लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले विकास गरेको ‘२डीजी’ औषधिको पहिलो खेप रक्षामन्त्री सिंह र स्वास्थ्यमन्त्री हर्षवर्द्धनले सेवन गरेर लन्च गर्न लागिएको हो । यो औषधि कोरोनािविरूद्ध खोपको सट्टा मुखबाट सेवन गर्न मिल्ने बताइएको छ ।

नवभारत टाइम्सका अनुसार शुभारम्भछि एक दुई दिनमै कोरोना संक्रमित सर्वसाधारणका लागि यो औषधि उपलब्ध गराइनेछ । हाल हैदराबादस्थित डा. रेड्डिज प्रयोगशालामा यो औषधिको १० हजार डोज उत्पादन भएर तयारी अवस्थामा रहेको बताइएको छ । कोसिड १९ को मध्यम र गम्भीर लक्षण भएका बिरामीहरूमा यस औषधिको आपतकालीन प्रयोगलाई यसै महिनाको शुरूमा भारतीय रक्षा मन्त्रालयले अनुमति पाइसकेको बताएको थियो । ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाले उक्त प्रयोगका लागि अनुमति प्रदान गरेको हो । कोरोनाका नयाँ केसहरुमा लगातार भएको वृद्धिलाई ध्यानमा राखी यस औषधिको आपतकालीन प्रयोगका लागि अनुमति दिइएको थियो ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?