१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

भारतमा एकैदिन कोरोनाबाट ४५ सयभन्दा बढीको मृत्यु



भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण ४ हजार ५२९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा २४ घण्टाको अवधिमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको हो । उक्त अवधिमा भारतमा कोरोनाका २ लाख ६७ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।

भारतमा लगातार तेस्रो दिन तीन लाखभन्दा कम नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ५४ लाख नाघेको छ भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २ लाख ८३ हजार २४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा सबैभन्दा बढी ३३ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै केरलामा नयाँ संक्रमितको संख्या कर्नाटकमा ३० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । महाराष्ट्रमा नयाँ संक्रमितको संख्या २८ हजारभन्दा धेरै छ ।

भारतमा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३२ लाखभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा कोरोनाका सक्रिय संक्रमितको संख्यामा एक लाख २७ हजारभन्दा धेरैले घटेको छ ।

भारतमा अहिलेसम्म १८ करोड ५८ लाख डोज कोरोना खोप मानिसहरुलाई दिइसकिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय