Friday, December 6, 2024
spot_img

ट्रेन्डिङ :

वीरगन्ज भन्सार कार्यालयले एक महिनामै गुमायो ८६ करोड ५६ लाख राजस्व

spot_img
spot_img

वीरगन्ज : कोरोना भाइरस संक्रमणको दोश्रो लहरको महामारीका कारण राजस्व असुलीमा प्रत्यक्ष प्रभाव परेको छ । कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि मुलुकभर जारी गरिएको निषेधाज्ञाका कारण वीरगञ्जस्थित भन्सार राजस्व असुलीमा समेत प्रभाव परेको छ । आर्थिक वर्ष २०७७ ७८ को साउनदेखि हालसम्मको राजस्व संकलनमा वीरगञ्ज भन्सार विभागले लक्ष्य प्राप्त गरेतापनि वैशाख महिनामा भने लक्ष्य गुमाएको छ । भन्सार विभागले साउन महिनादेखि वैशाख महिनासम्म १ खर्ब ३५ अर्व ९५ करोड २४ लाख १० हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो । वीरगञ्ज भन्सार कार्यालयले १०३ प्रतिशत अर्थात् १ खर्ब ४१ अर्व १४ करोड ९६ लाख ६ हजार राजस्व संकलन गरेको छ, जुन लक्ष्य भन्दा ३ प्रतिशत बढी रहेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

तर, निषेधाज्ञा शुरु भएसँगै वीरगञ्ज भन्सार कार्यालयले वैशाख महिनामा पाएको लक्ष्य गुमाएको छ । वैशाख महिनामा वीरगन्ज भन्सार कार्यालयले लक्ष्य भन्दा ८६ करोड ५६ लाख ४९ हजार कम राजस्व संकलन गरेको छ । भन्सार विभागले वैशाख महिनामा ७ अर्व ९ करोड ५४ लाख १८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकोमा वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको ८७.८० प्रतिशत अर्थात् ६ अर्ब २२ करोड ९७ लाख ७५ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको हो, जुन १२.२० प्रतिशत कम रहेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत शैलेन्द्र अधिकारीले जानकारी दिए ।

२०७७ सालको वैशाखमा भन्सार विभागले ६ अर्व ४७ करोड ७९ लाख ४५ हजार रुपैया राजस्व संकलनको लक्ष्य दिएकोमा वीरगंज भन्सार कार्यालयले १ अर्व ३४ करोड २ लाख १२ हजार रुपैया राजस्व संकलन गरेको थियो, जुन लक्ष्य भन्दा ७९.३१ प्रतिशत कम थियो । तर, वैशाख महिनामा राजस्व संकलन प्रभावित भएसँगै जेठ महिनामा पनि राजस्व संकलन प्रभावित हुने सम्भावना देखिएको छ । कोरोना महामारीको कारण राजस्व बढी संकलन हुने इन्धन र नयाँ सवारी साधनको आयात नै ह्वात्तै घटेका कारणले राजस्व संकलन प्रभावित भएको हो ।

 

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?