Friday, December 6, 2024
spot_img

ट्रेन्डिङ :

एमाले नेता बादल र देवकोटाको भीडन्त, हार भए ओलीले कारबाहीको डण्डा बर्साउने !

spot_img
spot_img

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशमा रिक्त एक सदस्य पदका लागि प्रदेश राजधानी हेटौंडामा भईरहेको उपनिर्वाचनमा एमालेका दुई नेताको कडा टक्कर हुने ठानिएको छ । विहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने छ । मतदान सकिएपछि गणना गरी परिणाम आजै सार्वजनिक गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचनको मैदानमा सत्तारुढ नेकपा एमालेका तर्फबाट गृहमन्त्री थापा, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेका माधव नेपाल पक्षतर्फबाट डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ उत्रिएका छन् । नेकपाको एकता सर्वोच्च अदालतले भंग गरिदिएपछि माओवादी केन्द्रबाट एमालेतर्फ लागेका थापालाई अध्यक्ष केपी ओली पक्षले उम्मेदवार बनाउँदा नेपाल पक्षका देवकोटालाई अरु विपक्षीले साझा उम्मेदवार बनाएकाले यो निर्वाचनमा गृहमन्त्री थापाको जीत हारलाई प्रधानमन्त्री ओलीको साखसँग पनि जोडेर हेरिएको छ ।

पार्टी विभाजनको मुखमा पुगेर समाधानको उपाय खोजिरहेको एमालेमा निक्कै चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओलीले आफ्ना उम्मेदवार थापालाई मत नदिए ती सबैलाई कार्वाही गर्ने धम्कीपूर्ण वक्तव्य जारी गर्नुका साथै ओलीले बिहीवार नै स्थायी कमिटीको वैठब आह्वान गरेका छन् । कोरोना महामारीले आमजनता प्रभावित भएका बेला राष्ट्रय सभाको रिक्त एक सदस्यका लागि मतदान गराइएको हो । मतदान केन्द्र हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा राखिएको छ । वाग्मती प्रदेशसभाका ११० सदस्य र यसै प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुखका लागि फरक मतपत्र बनाइएको छ । निर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?