७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

अजवगजवको निषेधाज्ञा छ काठमाडौंमा : बिहान भीडभाड छ गल्लीहरुमा, दिउँसो सुनसान छ सडक



काठमाडौं- नयाँ भेरियन्टसहितको कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाको तीन साता पुगिसकेको छ । यतिखेर अत्यावश्यकीय बाहेकका सबै सेवा बन्द छन् । जोखिम कम गर्न नागरिकलाई घरभित्रै रहन आग्रह गरिएको छ । तर बिहान मुख्य सडक भन्दा पनि भित्रि गल्ली र गल्लीका पसलहरुमा अत्यधिक भिडभाड हुने गरेको छ । सरकारले अत्यावश्यक पसल मात्रै खोल्ने अनुमति दिए पनि प्राय: सबै प्रकारका पसलहरु खुल्ला देखिन्छन ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा कडाइ गर्न स्थानीय प्रशासनले एकपछि अर्को निर्णय गरिरहेको छ । तर, पनि भीडभाड भने उत्तिकै देखिन्छ । बिहान-बेलुकाको तुलनामा दिउँसो भने सडक सुनसान प्राय: देखिन्छ । लाग्छ, कोरोनाले पनि म बिहान आउदिन, दिउसो मात्रै आएर सर्छु भनेको छ भन्ने भान हुन्छ ।

त्यस्तै तरकारी, खाद्यान्नलगायतका पसलहरूमा सर्वसाधारणले सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालना गरेको कहिँ पनि देखिदन । फलस्वरूप उक्त नियमहरु पालना नगर्दा संक्रमण दर झन बढेको विज्ञहरूले बताउँदै आएका छन् । यस्तै स्थिति रहिरहने हो र जनतापनि आफैमा सचेत नहुने हुन् भने स्थिति अझै यो भन्दा कयौ गुणा भयावह स्थितिमा जाने कुरामा विज्ञहरुले चिन्ता जनाएका छन् ।

सरकार नाम मात्रैको निषेधाज्ञा गरेर आफु कुर्सीको खेलमा मस्तराम भएको अवस्था जगजाहेर नै छ ।

नपत्याए हेर्नुहोस नेपालप्रेसले तयार गरेको भिडियो सामग्री-

 


प्रतिक्रिया दिनुहोस !