Wednesday, March 19, 2025

ट्रेन्डिङ :

कोभिडका बिरामी उद्धार : चार्टर्ड फ्लाइट बाहेक १ लाखभन्दा बढी लिन नपाइने

spot_img
spot_img

कोरोना भाइरस (कोभिड-१९)का बिरामी उद्धारका लागि हेलिकप्टरहरुले चार्टर्ड फ्लाइटको भाडा बाहेक थप १ लाख रुपैयाँ मात्र लिन पाउने भएका छन् ।  यसअघि कोभिडका बिरामी उद्धार गर्दा चार्टर्ड भाडा बाहेक १ लाख ५० हजार रुपैयाँसम्म लिने गरेका थिए । चार्टर्ड फ्लाइटको भाडामा भने न्यूनत १ हजार ५ सय डलर नेपालीका लागि तोकिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बिहीबार सर्कुलर जारी गर्दै प्रतिघण्टा १ लाख रुपैयाँभन्दा बढी थप शुल्क नलिन हेलिकप्टर कम्पनीहरुलाई निर्देशन दिएको हो ।

अहिले विभिन्न ६ वटा हेलिकप्टर कम्पनीले कोभिडका बिरामीको उद्धार गर्दै आएका छन् । प्राधिकरणले हेलिकप्टर कम्पनीलाई पत्र लेख्दै आर ४४/४६ ले १ लाख रुपैयाँ र एएस ३५० बी सिरिजका हेलिकप्टरलाई १ लाख २० हजार रुपैयाँसम्म मात्र लिन भनेको छ ।

यसअघि उद्धार उडानको भाडा निर्धारण गरिएको थिएन । पछिल्लो समय कोभिडका बिरामीको उद्धार हेलिकप्टरहरुले गरिरहेको बेला ती कम्पनीहरुले चर्को शुल्क लिएको भन्दै विरोध भएपछि वायुसेवा संञ्चालक संघले बुधबार नै हेलिकप्टर कम्पनीहरुलाई भाडा निर्धारण गरी प्राधिकरणमा पठाएको थियो ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले आफूहरुकै सहमतिमा प्राधिकरणले भाडा निर्धारण गरेको बताउँदै यसलाई पूर्णरुपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् ।

हाल सिम्रिक एयर, श्री एयरलाइन्स, मनांङ एयर, कैलाश हेलि सर्भिस, अल्टिच्यूड एयर र हेली एभरेष्टले कोभिडका बिरामीको उद्धार गर्दै आएका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?