१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाअभियोग र अविश्वासको प्रस्तावसम्म जाने काँग्रेसको तयारी



प्रधानमन्त्री पद खाली नभइ राष्ट्रपतिले नयाँ सरकार गठनका लागि सीमित समय दिएर आह्वान गरेपछि मुख्य प्रतिपक्षी नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

हिजो साँझ राष्ट्रपति कार्यालयबाट आह्वान भएलगत्तै सभापति शेरबहादुर देउवाले कांग्रेसको आकस्मिक बैठक बोलाएका हुन् ।

सभापति देउवा निवास बुढानिलकण्ठमा विहान ९ बजेपछि बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको निर्णयबारे आधिकारिक धारण बनाउनेछ ।

बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय दलका अधिकारी र केहि प्रभावशाली नेताहरुलाई पनि आमन्त्रण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय