१६ आश्विन २०८०, मंगलवार
 |   Tue Oct 3 2023
Logo

प्रचण्डपछि एमाले नेता नेपाल पनि देउवा निवास बुढानिलकण्ठ पुगे



काठमाडौं : एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी ओलीविरोधी छलफलमा सहभागी भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निमन्त्रणामा नेपाल छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन् । यसअघि नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बूढानीलकण्ठ पुगिसकेका छन् । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि भएको आव्हानपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफलका लागि प्रचण्डसहित माधव नेपाल र उपेन्द्र यादव लगायतलाई पनि बोलाएका हुन् । विपक्षी गठबन्धनले राष्ट्रपतिको आव्हानलाई असंवैधानिक भनेको छ ।


प्रतिक्रिया दिनुहोस !