११ आश्विन २०७९, मंगलवार
 |   Tue Sep 27 2022
Logo

ठाकुर पक्षका सांसदहरुको बैठक सिंहदरबारमा सुरु



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरुको बैठक सिंहदरबारमा सुरु भएको छ । जसपा नेता बिमल श्रीवास्तवले अध्यक्ष ठाकुरले समसामयिक राजनीतिबारे छलफल गर्न बैठक बोलाएको बताए । उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षका नेताहरुले भने बैठकबारे आफूहरुलाई जानकारी नभएको बताएका छन् । राजेन्द्र महतो संसदीय दलको नेता बनेपछि जसपाका सांसदहरुको बैठक बोलाइएको यो पहिलो पटक हो ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: