१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

बहुमत सांसदको हस्ताक्षर बोकेर विपक्षी गठबन्धनका नेताहरु शीतल निवासमा



काठमाडौं : नयाँ सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षर संकलन गरेर विपक्षी गठबन्धनका नेताहरु शीतल निवास लागेका छन् । गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास लागेका हुन् । विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् । सरकारमा दावी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि काँग्रेस संसदीय दलको कार्यालयमा सो संख्यामा हस्ताक्षर जुटाइएको उच्च स्रोतले जनाएको छ । हस्ताक्षर काँग्रेस र माओवादी केन्द्रसहित एमालेको माधव कुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदको समेत रहेको छ । संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न हिजो मात्रै राष्ट्रपतिले आजसम्मको समय सीमा दिएकी थिईन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय