
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली करिब एक घन्टा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेर शीतलनिवासबाट बाहिरिएका छन्। उनी शीतलनिवास पुगेपछि विपक्षी दलका नेताहरु पनि १४९ जना सांसदहरुको हस्ताक्षरसहित नयाँ सरकारको दाबी बोकेर शीतलनिवास पुगेका छन्।
विपक्षी दलको गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताब गर्ने तयारी गरेका छन्।