१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

देउवाको समर्थनमा आफुले हस्ताक्षर नगरेको सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टको जिकिर



काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका माधव नेपाल पक्षका सांसदले गरेको हस्ताक्षर विवादित भएको छ। देउवालाई विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्री दाबी गर्न नेपाल पक्षका २७ जना सांसदले हस्ताक्षर गरेको दाबी गरिए पनि केही सांसदहरुले आफूले हस्ताक्षर नगरेको अभिव्यक्ति दिएका छन्।

नेपाल पक्षका २७, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाको उपेन्द्र यादव पक्षका १३ सांसदसहित १४९ जनाकोे हस्ताक्षरसहित देउवाले राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री पदमा दाबी प्रस्तुत गरेका छन्, तर नेपाल पक्षका केही सांसदले भने शुक्रबार दिउँसो सिंहदरबारमा बसेको बैठमा हस्ताक्षर गरेर बाहिर निस्केपछि बोलि फेरेका छन् । नेता सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टले देउवा पक्षका हस्ताक्षर गरे पनि बाहिर आएर आफूहरुले विपक्षी गठबन्धनमा सही नगरेको बताएका छन्। उनीहरुले पुरानो हस्ताक्षर दुरुपयोग भएको दाबी गरेका छन्।

तर बैठकमा सहभागी अरु सांसदहरुका अनुसार पाण्डे र बिष्ट दुवैले त्यहाँ हस्ताक्षर गरेर बाहिरिएका हुन्। लेखा समितिको हलमा बसेको बैठकमा उनीहरुले सही गरेको सँगै रहेका थिए । उता योगेश भट्टराईले भने नेता नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्ने शर्तमा मात्रै हस्ताक्षर गर्ने बताएको र उनले देउवाको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। लेखा समितिको बैठक कक्षमा हस्ताक्षर गरेर नेपाल पक्षका सांसदहरु कांग्रेस संसदीय दलको कार्यालयमा पुगेका थिए।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय