१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

पाण्डे र बिष्टपछि एमाले सांसद राईले भने, मेरो हस्ताक्षरको दुरुपयोग भयो



काठमाडौं : नेकपा एमाले सांसद जयकुमार राईको नाममा सार्वजनिक भएको पत्रमा राईले आफ्नो हस्ताक्षरको दुरुपयोग भएको दाबी गरेका छन्। उनले आफू पार्टी अध्यक्षको विरुद्धमा नगएको र विपक्षी नेतालाई प्रधानमन्त्री बनाउने गरी कुनै पनि हस्ताक्षर नगरेको दाबी गरेका हुन्। यो पत्र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले आफ्नो सामाजिक सञ्जालमा राखेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका माधव नेपाल पक्षका सांसदले गरेको हस्ताक्षर विवादित भएको छ। देउवालाई विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्री दाबी गर्न नेपाल पक्षका २७ जना सांसदले हस्ताक्षर गरेको दाबी गरिए नेपाल समूहका नेता सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टले देउवा पक्षका हस्ताक्षर गरे पनि बाहिर आएर आफूहरुले विपक्षी गठबन्धनमा सही नगरेको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय