
काठमाडौं : नेपालमा राजनीतिक संकट चुलिएको बेला जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता राजेन्द्र महतो भारतीय दूतावास लैनचौरमा प्रवेश गरेका छन्। उनी बिहान पौने ११ बजे लैनचौरस्थित भारतीय दूतावासमा प्रवेश गरेका हुन् । यसअघि गत वैशाख ३० गते प्रधानमन्त्रीमा केपी शर्मा ओली निरन्तर हुने निश्चित भएपछि आफ्ना सांसदहरुलाई एक रिसोर्टमा राखेर वरिष्ठ नेता महतोसँगै जसपाका अध्यक्ष महन्थ ठाकुर भारतीय दूतावास छिरेका थिए। विकसित राजनीतिक घटनाक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा रहेका यी नेताहरुको भारतीय दूतावासमा लगातार दौडधूप चल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।