१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

विपक्षी गठबन्धनको बैठक नयाँ बानेश्वरमा जारी



काठमाडौं । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान प्रतिनिधिसभा विघटन गरी शनिबार बिहान नयाँ निर्वाचनको मिति तोकेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी गठबन्धनको बैठक सुरु भएको छ ।

बैठक बिहान ११ः१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको नेपाली कांग्रेसका सभपति शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङकाअनुसार विपक्षी गठबन्धनमा आवद्ध सबै दलका नेताहरुको बैठकमा सहभागीता रहेको छ ।

राष्ट्रपतिको पछिल्लो कदमपछि कसरी अगाडि बढ्ने बारेमा समिक्षा हुने र आगामी कार्यनीति तय गरिने नेता गुरुङले बताए ।

बैठकमा कांग्रेस, माओवादी केन्द्र, एमाले माधव नेपाल पक्ष, जसपाका उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष तथा जनमोर्चाका नेताहरुको सहभागिता रहने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय