Monday, October 7, 2024

ट्रेन्डिङ :

बयलगाडावाला गणतन्त्रको खारेज गर्न जनमत संग्रह : कृष अर्याल

अहिले देशमा कोभीड-१९ को दोस्रो लहरका कारण दैनिक हजारौँ संक्रमित भईरहेका छन्, भने सयौँले अकालमै ज्यान गुमाईरहेका छन् । तर संसदवादी राजनीतिक दलका नेताहरु भने जनताको स्वाथ्यको वेवास्ता गरेर पद र कुर्सीका पछाडी स्वा स्वा गर्दै कुदिरहेका छन् । त्यस्तै अहिले देश कोरोना भाइरसले मात्र होईन केपी भाईरसले पनि ग्रसित छ। संविधानमा उल्लेख नभएका कुराहरु जाल बुनेर संसद विघटन जस्तो ताण्डप नृत्य चलाएर अहिले देशमा अशान्ति मच्चाईएको छ । देशमा चलेका तमाम विकृतिहरु यो सब संसदीय व्यवस्थाका उत्पादन हुन् ।

महासचिव कमरेड विप्लवले पहिल्यै भनेकै थिए, संसदीय व्यवस्था असफल हुन्छ, एक दिन त्यो सारा जनताले देख्ने छन्। महासचिव विप्लवले भने झै अहिले संसदवादीहरु संविधानको धारा पहिल्याउँदै पद र कुर्सी पछाडी त पनि काले, म पनि काले, हेरुम ला कसले मार्छन भाले भनि म्याराथनमा निस्केका छन्। के १० बर्से जनयुद्धमा ज्यान गुमाएका हजारौँ शहीदहरुको बलिदानी र त्याग त्यसकै लागि थियो ? के जनयुद्ध हास्यास्पद खेल मात्रै थियो ?  नेपाली दाजुभाई /दिदी बहिनीहरुको रगत र बलिदान खेर गएकै हो त ? के जनयुद्ध पद र कुर्सीका लागि मात्र थियो यसको उत्तर हाम्रा नेताहरुले दिनै पर्छ। अब देश सिकिमिकरणबाट जोगाउन र नेपाली जनताको वास्तविक शासनको लागि जनमत संग्रह गर्न जरुरी छ। देशमा वैज्ञानिक समाजवाद ल्याई मजदूर बर्गको शासन ल्याउनै पर्छ। एमसीसी जस्ता राष्ट्रघाती सम्झौताको खारेजी र सामन्ती हरुको गिद्दे नजर देश बाट निकाल्न जनमत संग्रहमा गएर सामाधान निकाल्नु पर्छ ।

कृस अर्याल विप्लव नेकपाका युवा सगठन नेपाल, काठमाडौं महानगरका संयोजक हुन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?