१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

पाण्डे र भुसाल बाहेकका नेपाल समूहका ११ नेताहरुलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय



काठमाडौं । नेकपा एमालेले पार्टीका माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका ११ नेताहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले आफ्नै पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा नेपाल र खनालसहितका सांसदलाई स्पष्टीकरण माग्ने निर्णय गरेको हो । बैठकपछि एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय भएको बताए । तर सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका नेतासँग भने स्पष्टिकरण मागिएको छैन ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय