Wednesday, March 19, 2025

ट्रेन्डिङ :

काठमाडौं उपत्यकामा बैंकका बढीमा ६ शाखा मात्र खोल्न पाइने

spot_img
spot_img

कोरोना संक्रमणको दोस्रो लहर थप फैलिएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थहरुको शाखा कमभन्दा कम खोल्ने नीति लिएको छ।

कोभिड-१९ को दोस्रो संक्रमणका कारण बैंक तथा वित्तीय संस्थाका करिब १० हजार कर्मचारी संक्रमित छन्। संक्रमणमा पर्ने सर्वसाधारणको संख्या पनि बढ्दो छ।

यसैलाई ध्यान दिँदै संख्या घटाउन लागेको हो। अब काठमाडौंमा वाणिज्य बैंकका ३, विकास बैंकका २ र फाइनान्स कम्पनीका एक शाखा मात्र खुल्ने छन्।

ललितपुर जिल्लामा बैंकको २, विकास बैंक र फाइनान्सको एक/एक शाखा खुल्ने छन्। भक्तपुरमा सबैको एक/एक वटा मात्र शाखा खुल्ने छन्। शाखाहारु रोटेसन गरेर खुल्ने छन्। उदाहरणका लागि आज कान्तिपथको खुल्यो भने भोलि अर्को शाखा खुल्ने छ। यसअघि एक चौथाइ शाखा खोल्न दिइएको थियो।

राष्ट्र बैंकले सर्वसाधारणलाई पैसाको अतिआवश्यक नभइ बाहिर ननिस्कन भनेको छ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले पैसा झिक्ने कुनै पनि सीमा नतोकिए पनि आवश्यक नपरी बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेका छन्। पैसा जम्मा गर्नका लागि भने सीमा तोकिएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?