Tuesday, May 20, 2025

ट्रेन्डिङ :

फेसबुकमा भाइरल तस्वीर : यो तस्वीर प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाको हो !

spot_img
spot_img

झापा । अहिले सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्वीर भाइरल भइरहेको छ, जसमा एउटा अक्सिजन सिलिण्डर पाँच जनाले हस्तान्तरण गर्दै गरेको जस्तो देखिन्छ । एउटा सिलिण्डर दिएको तस्वीर खिचाएर थुप्रैले जस लिन खोजेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । तर यो तस्वीर कहाँको हो भन्ने चाहिँ धेरैलाई थाहा छैन ।

खासमा यो तस्वीर प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको हो । झापाको जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, प्रदेशसभा सांसद् हिराकुमार थापा, पूर्वसांसद तारासम याङ्या, कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल र उपमेयर मञ्जु प्रसाईंले सिलिण्डरमा हात पुर्‍याएका छन् ।

शनिबारदेखि भाइरल यो तस्वीरमा भएको सिलिण्डर कनकाई नगरपालिकाले सञ्चालन गरेको कोभिड उपचार केन्द्रमा राख्नका लागि प्रदेश सरकारले पठाएको हो । र, त्यसैलाई केन्द्रमा राख्ने वेला जिसस प्रमुख पोर्तेललगायतले हातले छोएर तस्वीर खिचाएका हुन् । तस्वीर भाइरल भएपछि जिसस प्रमुख पोर्तेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सामाजिक सञ्जालमा हेर्दा लाग्छ शुभचिन्तक निकै कमाइएछ । सबै शुभचिन्तकहरुप्रति आभार, यहाँहरुको चिन्तालाई मनन् गरिनेछ ।’ – अनलाइनखबरबाट साभार गरिएको ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?