Sunday, May 18, 2025

ट्रेन्डिङ :

कोरोनाको भारतीय भेरिएन्ट विरुद्ध फाइजर-बायोएनटेक र अक्सफोर्ड-एस्ट्राजेनेको खोप प्रभावकारी

spot_img
spot_img

काठमाडौं । कोरोना भाइरसको भारतीय भेरिन्ट विरुद्ध फाइजर–बायोएनटेक तथा अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप प्रभावकारी रहेको पाइएको छ । बेलायतमा गरिएको एक अध्ययनको क्रममा यी दुवै खोप भारतीय भेरियन्टविरुद्ध पनि प्रभावकारी रहेको पाइएको हो । अध्ययनका अनुसार यी दुवै खोप पूरा डोज लिएपछि संक्रमणको लागि यसअघि उल्लेख गरिए अनुसार नै प्रभावकारी देखिएका थिए । यद्यपि पहिलो डोज खोप मात्र लिएका मानिसमा तीन सातापछि यो खोप ३३ प्रतिशत मात्र प्रभावकारी देखिएको छ । बेलायतका स्वास्थ्यमन्त्री म्याट हानककले यसलाई ठूलो उपलब्धि भएको बताएका छन् । उनले खोप लगाइसकेका मानिसलाई अस्पताल भर्ना गर्नुपर्ने अवश्यकता पनि नदेखिएको र उनीहरुको मृत्यु पनि नभएको उनले बताए ।

फाइजरको खोप दोस्रो डोज लिएको दुई साता भएपछि भारतीय भेरियन्ट बी.१.६१७ विरुद्ध ८८ प्रतिशत प्रभावकारी देखिएको थियो । त्यस्तै एस्ट्राजेनेकाको खोपको पूरा डोज लिएको दुई सातापछि उक्त भेरियन्टविरुद्ध ६० प्रतिशत प्रभावकारी हुने पाइएको थियो । पाँच अप्रिलदेखि १६ मेको बीचमा गरिएको यो अध्ययनमा करिब १२ हजार ६७५ जिनोम–सिक्वेन्सिङको मामिलालाई यसमा समावेश गरिएको थियो । यिनीहरुमध्ये भारतीय भेरियन्ट बी.१.६१७ बाट संक्रमित हुनेको संख्या १ हजार ५४ थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?