काठमाडौं । विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध अदालतमा रिट हाल्ने तयारी गरेको छ । सांसदहरुको हस्ताक्षर संकलन गरि आजै रिट हाल्ने तयारी रहेको वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले बताए । रिटको मस्यौदामा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणा गर्न परमादेश माग गरिएको छ । यस्तै संसद विघटन खारेज गर्न पनि रिटमा माग गरिएको बताइएको छ । कांग्रेस नेता तथा अधिवक्ता रमेश लेखकले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त नगरी राष्ट्रपतिले देउवाको दावी खारेज गरेकाले अदालतबाट देउवालाई प्रधानमन्त्री घोषणा गरी सपथग्रहणको बाटो खुल्ला गर्नुपर्ने बताउए । सबै सांसदको नागरिकता,सांसद परिचयपत्र र हस्ताक्षरको नमूना संकलनको काम सकिएपछि आजै अदालत पुगेर रिट हाल्ने गठबन्धनको तयारी छ ।