Friday, December 6, 2024
spot_img

ट्रेन्डिङ :

राष्ट्रपति कार्यालयको वेबसाइटबाट गायब प्रतिनिधिसभा विघटनको सूचना फेरि देखिन थाल्यो

spot_img
spot_img

काठमाडौं : राष्ट्रपति कार्यालयको वेबसाइटबाट गायब भएका सूचनाहरु फेरी देखिन थालेका छन् । संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरिएको र प्रतिनिधिसभा विघटन सम्बन्धी महत्वपूर्ण सूचना बिहान वेबसाइटमा देखिएको थिएन । राष्ट्रपति कार्यालयले भने जानी जानी सूचनाहरु नहटाएको प्रष्टिकरण दिएको थियो । कार्यालयले अध्ययन गरि अहिले सूचनाहरु देखिने बनाएको बताएको छ । मिडिया, नागरिक समाज, राजनीति र कानुनका जानकारहरुले राष्ट्रपति भण्डारीले ओलीको गैरसंवैधानिक कदमलाई अपारदर्शी र षड्यन्त्रपूर्वक रुपमा अनुमोदन गरेको आरोप लगाईरहेको बेला राष्ट्रपति कार्यालयको वेबसाइटबाट प्रतिनिधिसभा विघटनको सूचना गायब भएको थियो ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?