१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

देशकै सबैभन्दा लोकप्रिय नेता मै हुँ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा लागेको आरोप लगाएका छन् । बालुवाटारमा पत्रकारहरुसँग प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र त्यसको नेतृत्व जसरी पनि कब्जा गर्ने प्रचण्डपथको बाटोमा लागेको आरोप लगाएका हुन् । दैनिकजसो बालुवाटारमा कार्यक्रम गरेर अरु पार्टी, आफ्नै दलका माधव नेपालसमेतका नेता, पत्रकार र बुद्धिजिवीमाथि अनवरत प्रहार गर्ने क्रममा उनले भने, कांग्रेस उत्तेजना, आक्रोश र कब्जाको शैलीका लागि प्रचण्डलाई गुरु थापेर हिडेको छ ।’ आफूलाई प्रजातन्त्रवादी भन्नेहरुको शैली देख्दा आफूलाई ताज्जुब लागेको भन्दै कांग्रेसका नेताहरुले केपी ओलीले गराएको निर्वाचनमा भाग नलिने भनेको सुन्दा आश्चर्य लागेको बताए । आफू देशकै सबैभन्दा लोकप्रिय नेता रहेका दावी गर्दै प्रधानमन्त्री ओलीले भने, संसदमा दुई तिहाईनजिक सांसदको समर्थनमा सरकार चलाउने मान्छे हुँ म । सबैभन्दा बढी पपुलर मतले चुनाव जित्ने मान्छे हुँ म । अनि मैले गराएको निर्वाचनमा भाग नलिने अनि के सडकबाट बनेको व्यक्तिले चुनाव गराउने ? भन्दै प्रश्न गरे ।

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय