दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिका वडा नम्बर ४ नौपाटा घर भएका मोहनसिह ठेकरे हिम पहिरोमा परेर वेपत्ता भएका छन् । गत जेठ ५ गते अपिहिमाल गाउँपालिका ३ क्षत्तीको नाउरखाल वनमा यार्सागुम्बा संकलन गर्न गएका ठेकरे हिउँ पहिरोमा परि वेपत्ता भएको प्रहरीले जनाएको छ । घटना बारे बुझ्न प्रहरी चौकी खण्डेश्वरीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । घटनाबारे बिस्तृत जानकारी प्राप्त नभएको र हिउँ पहिरोमा परी वेपत्ता भएका ठेकरेको छाता मात्र भेटिएको सूचना पाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यो वर्ष वैशाख र जेठमा समेत हिमपात भएकोले हिउँ नपग्लीदा यार्सागुम्बा समेत नभेट्टिएको संकलकहरुले बताएका छन् । केहि संकलकहरु हिउँ पग्लेपछि यार्सासंकलनमा जाने भन्दै लेकबाट फर्किएका छन् । केही स्थानीय भने यार्सा संकलन गरेपछि फर्किने भन्दै लेकमै बसेका छन् ।