१६ आश्विन २०८०, मंगलवार
 |   Tue Oct 3 2023
Logo

देउवाको पक्षमा परमादेश माग्ने रिटमा माधव पक्षका १९ सांसद सहमत



कांग्रेस सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्न माग गर्दै रिट दायर गर्न लागेको विपक्षी गठबन्धनमा माधव नेपाल पक्षका १९ जना सांसद सहमत देखिएका छन् ।

माधवपक्षीय सांसद झपट रावलका अनुसार १९ जनाको हस्ताक्षर भइसकेको छ । संसद भवन नयाँ बानेश्वरमा घनश्याम भुसाल,सोमप्रसाद पाण्डे, झपट रावल, रामकुमारी झाँक्रीलगायतका सांसद हस्ताक्षर जुटाउन सक्रिय छन् ।

गोकर्ण विष्ट,योगेश भट्टराई लगायतका नेताले भने हस्ताक्षर गरेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !