११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

ए चुनाब हामीलाई असल नेता देऊन !



ए चुनाब हामीलाई असल नेता देऊन !
हामीलाई देश बिकास गर्ने दाता देउन !!
देश मेरो छोरा खै भन्दै रोईरहेछिन !
ए चुनाब बिकास गर्ने बिधाता देउन !!
नेताहरु मख्ख छन चुनाबको नतिजा पछि !
जनता भन्दैछन बिकासको छाता देउन !!
नेता ज्यु सुत्केरि हुननसकि मर्ने देश हाम्रो !
हिमाल र पहाडमा औषधि सहायता देउन !!
जनताका मन दुख्दा सम्हाल्ने नेता पाईएन !
चुनाब सहिदका सपना पुरा गर्ने देवता देउन !!
लेखक:  सुरेश तिमल्सिना


प्रतिक्रिया दिनुहोस !