Sunday, May 18, 2025

ट्रेन्डिङ :

अमेरिका फिर्ता भए मध्यपूर्वमा चीन र रूसले कब्जा गर्ने खतरा : अमेरिकी कमाण्डर म्याकेन्जी

spot_img
spot_img

एजेन्सी : अमेरिकी उच्च कमाण्डरले मध्यपूर्वबाट अमेरिका फिर्ता गए चीन र रुसले प्रभाव विस्तार गर्ने खतरा रहेको बताएका छन् । गत साता मध्य पूर्व हुँदै यात्रामा गएका युएस सेन्ट्रल कमाण्डका प्रमुख मरीन जनरल फ्रैंक म्याकेन्जीले आफूले भेटेका सैनिक र राजनीतिक नेताहरूलाई अमेरिकी सेनाको मध्यपूर्वमा उपस्थितिलाई निरन्तरता दिए समर्थन रहन्छ कि रहदैन भनेर प्रश्न गरेका थिए । सिरिया भूमिबाट इराकमा रकेट प्रहार भईरहेका इलाकाहरूमा क्षेत्रीय नेताहरू चिन्तित रहेको जनरल फ्रैंक म्याकेन्जीले बताए । अमेरिकाले मध्यपूर्व छनड्नुको अर्थ इरानको नेतृत्वमा रहेका सशस्त्र समूहहरूसँग युद्ध गर्न आवश्यक पर्ने सेना, जहाज, विमान र अन्य सैन्य सहयोगको अभाव हुने उनले बताए । मध्यपूर्व विश्व शक्तिहरू बीचको तीव्र प्रतिस्पर्धाको क्षेत्र हो। जब हामी यस क्षेत्रबाट पछि हट्यौ भने रसिया र चीनले भ्याकुमको अवस्थाको फाईदा उठाएर यस क्षेत्रमा शोषण गर्ने छ पत्रकारहरुसँग फ्रैंक म्याकेन्जीले भने ।

म्याकेन्जीले भने, रसियाले आफूले सक्ने जतिलाई वायु रक्षा प्रणाली र अन्य हतियार बेच्न प्रस्ताव गर्ने खतरा छ । चीनले यस क्षेत्रमा आफ्नो आर्थिक शक्ति विस्तार गर्ने र अन्तमा यस क्षेत्रमा सैन्य अड्डा स्थापना गर्ने दीर्घकालीन लक्ष्य राखेको छ। राष्ट्रपति जो बिडेनले पद ग्रहण गरेको केही छोटो महिनामा उनले अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता गर्ने आदेश दिएका छन् र इराक, सिरिया र विश्वभरि सैनिक उपस्थितिको समीक्षा गर्न सुरु गरेका छन्।

उनको प्रशासनले यमनमा होथी विद्रोहीहरू विरुद्ध साउदी नेतृत्वको आक्रमणको लागि अमेरिकी सैनिक सहयोगको कटौती गरेको छ । साथै पेन्टागनले अन्य मध्य पूर्वी देशहरूबाट जहाज, सेना र हतियार प्रणाली बसाएको छ। इरानसँग वार्ता पुनः सुरु गर्ने प्रयासले मध्यपूर्वका कतिपय देशहरू मा चिन्तित बनेका छन् । उनीहरुले तेहरान र यस क्षेत्रमा भएका सशस्त्र समूहलाई हतियार आपूर्ति गर्ने अभियानलाई दबाब दिन अमेरिकामा भरोसा राखेका छन्। तर पेन्टागन भित्र बढ्दो चीनसँग लड्न प्रशान्त क्षेत्रमा अधिक क्षमता पठाउने बारेमा छलफल भइरहेको छ। बेइजिंगले अफ्रिका, दक्षिण अमेरिका र मध्यपूर्वमा आक्रामक रूपमा प्रभाव विस्तार गरिरहेको छ फ्रैंक म्याकेन्जीले भने ।

source : https://www.aljazeera.com/news/2021/5/24/as-us-scales-back-in-the-middle-east-other-countries-may-step-in

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?